राजनीति

मानविय आस्था नेपालद्वारा सडक मानवलाई दैनिक खाना खुवाउन शुरु



भक्तपुर, २१ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सिर्जना गरेको संकटलाई मध्यनजर गर्दै मानविय आस्था नेपालद्वारा भक्तपुर जिल्लाभित्र रहेका सडक मानवलाई दैनिक एक छाक खाना खुवाउने कार्यको शुभारम्भ गरिएको छ ।

कारोनाबाट हुने सम्भावित जोखिमलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै सडक मानवहरुलाई दैनिक गुजारामा अत्याधिक समस्या उत्पन्न भए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत संरक्षक समेत रहनुभएको उक्त संस्थाले दैनिक एक छाक खानाको व्यवस्थापन गर्ने भएको हो । जुन सरकारले घोषणा गरेको लकडाउन समाप्त नहुन्जेल निरन्तर रुपमा चल्ने बताइएको छ । जस अन्तरगत विहिवार साँझदेखी जिल्लाको मध्यपुर थिमी नगरपालिका अन्तरगत क्षेत्रमा रहेका सडक मानिसलाई खाना खुवाउने कार्य गरिएको छ । लकडाउनको कारण भक्तपुर जिल्लाको सडकपेटी र सार्वजनिक मन्दिर पाटी(पौवामा बस्दै आएका सडक मानवहरुलाई भोकै सुत्नु पर्ने अबस्था भएका सडक मानवलाई थिमी साोठिमी तथा कौशलटार लगायत ठाऊहरुमा ६० जनाको लागी खानाको व्यवस्था गरिएको छ ।

कोही पनि मानिस सडकमा नहुन तथा कोही भोकै नहोउन भन्ने सरकारको लक्ष्यलाई समेत विशेष ध्यान दिई उक्त संस्थाले सडकमा रहेका सडक मानवलाई खोजी खोजी एक छाक खाना खुवाउने कार्यको विहिवारबाट शुरु गरेको हो । सांसद बस्नेतको पहलमा मानविय अस्था नेपाल र मानव कल्याण समाजसँगको सहकार्यमा उक्त कार्यको शुरु गरिएको हो ।

२०७२ सालमा गएको महाभुकम्पको समयमा समेत विशेष सहयोग गरि भक्तपुरको आम जनताको बिचमा सारथीको रुपमा सामाजिक काम गरिरहेको छ । भुकम्पको समयमा करिव तीन हजार जस्ताको टहरा निर्माण तथा ३५ सय जनालाई जस्तापाता वितरण गरेको थियो । उक्त संस्थाले गरिव, असहाय तथा विपन्न परिवारलगायतका करिव दुई सय ५० जना वालवालिका निशुल्क शिक्षा समेत प्रदान गरिरहेको छ । त्यस्तै महिला जीविकोपार्जन अन्तरगत कृषि, वाख्रापालन, सिलाई वनाईलगायतका क्षेत्रहरुमा विशेष सहयोग गरिरहेको छ भने भक्तपुरको पहिचानको रुपमा रहेको काष्ठकलामा समेत विशेष सहयोग गर्दै आए संस्थाका उपाध्यक्ष उमेश बस्नेतले जानकारी दिनुभएको छ ।