Banner News

प्रधानमन्त्री मोदीले भने, कोरोनाविरुद्ध लड्न ९ मिनेट समय छुट्याउनुस्



एजेन्सी, २१ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान ९ बजे देशवासीको नाममा सम्बोधन गर्दै भिडियो सन्देश दिएका छन् ।

मोदीले भिडियो सन्देशमा नागरिकलाई अपिल गर्दै ‌‌‌‌‌‌‌‌आउँदो आइतबार अप्रिल ५ तारिखमा राति ९ बजे ९ मिनेटसम्म घरको ढोका या छतमा मैनबत्ती, दियो, टर्च वा मोबाइलको फल्याशलाइट बाल्न भनेका छन् ।

उनले महामारीको समयमा निरन्तर प्रकाशतर्फ जानुपर्ने र सबैभन्दा बढी प्रभावित गरिबहरुलाई निराशाबाट आशातर्फ‌ डोर्याउनुपने बताएका छन् । उनले भने, ‘यो सङ्कटबाट अन्धकार र अनिश्चितता देखिएको छ, त्यसबाट उज्यालोतर्फ बढ्नुपर्छ ।

आइतबार अप्रिल ५ तारिखको दिन म सबैको ९ मिनेट चाहन्छु ।’ दीप प्रज्वलन गर्दा पनि भिडभाड नगर्न उनले आग्रह गरेका छन् ।