निर्मल भट्टराई
एउटा घरानियाले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्री लगायतका करीब १०० जना विशिष्ट अतिथिहरु आमन्त्रण गरेछ । पार्टी प्यालेसको समस्याले भोज अपरान्ह ठीक ४ बजे शुरु गर्नु पर्ने थियो । ४ बज्दा केही विशिष्टहरु आई पुगेनछन् । उसले बाटो हेर्दै मन खिन्न बनाउदै भन्यो—“आउनु पर्ने मुख्य अतिथिहरु आईपुगेका छैनन् । तर भोज शुरु गरौं ।” त्यहाँ उपस्थित करिब दुई दर्जन अतिथिले “हामी त आउनुपर्ने अतिथि नै होइन रहेछौं । आउनु पर्ने त बाँकी पो रहेछन्” भनेर भोजमा सरिक नै नभई हिँडेछन् । आएका पाहुना भोजमा सरिक नै नभई हिंडेको देखेपछि त्यो घरानियाले झन खिन्न हुँदै भनेछ —“नजानु पर्ने पाहुना भोज नखाई गए ।” अरु करिब दुई दर्जन पाहुनालाई लाग्यो—“ए, उनीहरु चाँहि नजानु पर्ने पाहुना, हामी चाँहि जानुपर्ने पाहुना ?” उनीहरु पनि भोजमा सरिक नभई हिंडे । भोज आयोजकको खिन्नताको पारो झन बढ्यो । उसले फेरि भन्यो—“ हरे, मैले यो कुरा कहाँ उहाँहरुलाई भनेको हो र १ ” बाँकी पाहुना पनि भोज नखाई हिडे किनभने उनीहरुले ठाने—“त्यो कुरा उनीहरुलाई नभनेको भए पक्का हामीहरुलाई भनेको हो ।”
तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको चुनावी अभियानमा उनकी पत्नी न्यान्सी रेगनले एउटा टेलिफोन वार्तालापमा त्यहाँको आमसभामा उपस्थित सबैले सुन्ने गरी भनेकी थिइन —्“म यहाँ सुन्दर गोरा मानिसहरुसंग रमाईरहेकी छु ।” त्यहाँ उपस्तित सबै काला जातिका मानिस रिसाए किनभने उनीहरुले न्यान्सीको भनाईको यस्तो अर्थ लगाए—“न्यान्सीको बुझाईमा काला मानिस सुन्दर नहुँदा रहेछन् र उनी काला जातिसंग रमाउने रहिनछन् ।”
एकपटक फ्रान्समा ईसाई प्रार्थना गृहमा बम प्रहारबाट थुप्रै हताहती भयो । त्यहाँका प्रधानमन्त्रीले सो कार्यको भत्र्सना गर्दै भने —“यो निर्दोष फ्रेन्च जनतामाथि गरिएको बर्बर आक्रमण हो ।” यो वक्तव्यको आलोचना गरियो किनभने यसको यस्तो अर्थ लगाईयो—“के फ्रेन्च जनतामात्र निर्दोष हँुदारहेछन् रु के यो आक्रमण यहुदी वा डचमाथि गरिएको भए कम बर्बर हुन्थ्यो ?”
यी प्रशङ्गहरुमा कहीं कतै वक्ताको नियतमा समस्या देखिदैन । यहाँ समस्या वक्ताको भाष्यमा छ । आलोचकहरुको बुझाई र नियतमा समस्या छ ।
हालै अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले कोरोनाको विश्वव्यापी महामारीबाट मर्नेहरुको संख्या एक लाखमा सीमित गर्न सके उपलब्धी हुने बताए । अमेरिकामा मात्र अढाई लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण भईरहदा राष्ट्रपति ट्रम्पको यो भनाईलाई नकारात्मक रुपमा लिनु पर्ने कुनै कारण छैन । तर कुतर्क गर्ने हो भने, नेपालका केही सञ्चार माध्यमका समाचार शीर्षक अनुरुपकै टिप्पणी गर्ने हो भने “अमेरिकी राष्ट्रपति एकलाख मान्छे मार्न चाहन्छन्”,“अमेरिकी राष्ट्रपतिले एकलाख जनताको ज्यान लिए”,“एकलाख जनता मार्न अमेरिकी राष्ट्रपतिको निर्देशन” जस्ता शीर्षक बनाएर टिप्पणी गर्न सकिएला । अनि हाम्रा प्रधानमन्त्रीले नेपाली कोरोना संक्रमणसम्बन्धी अमेरिकी राष्टपतिकेले जस्तो टिप्पणी गरेको भए नेपाली सञ्चार जगत र आलोचकहरुले के भन्दा हुन् ?
कोरोनाको संक्रमण यति भयावह बन्यो कि संसारको सबभन्दा धनी र विश्व महाशक्ति राष्ट अमेरिकाले आफ्नो देशमा यसको संक्रमणविरुद्ध सही उपाय र व्यवस्थापन गर्न सकेको छैन । देशभरका स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक पर्ने मास्क र पीपीईको यथाचित प्रबन्ध गर्न सकेको छैन । भेन्टीलेटरको अभाव छ । जर्मनीको भेन्टीलेटर कम्पनीसंग एकलाख भेन्टीलेटर अर्डर गरे पनि दश गुणा बढी माग आएका कारण तत्काल उपलब्ध गराउन नसकिने जनाएपछि अमेरिका आफै भेन्टीलेटर उत्पादन गर्न तम्सेको छ ।
आज सिङ्गो युरोप कोरोनाको तबाहीविरुद्ध लडिरहेको छ । संसारका ठूला विश्वविद्यालय, अनुसन्धान केन्द भएको्र, ईतिहासका ठूल्ठूला महामारीविरुद्ध खोप र औषधी पत्ता लगाउन सफल युरापीय महादेश कोरोना नियन्त्रण गर्न नसकेर आज अवाक् भएको छ ।
यस्तो विषम विश्व परिस्थितिमा केही छिटपुट घटना बाहेक कोरोनाको कहरबाट नेपाल बचेको छ । आफैलाई प्रश्न गर्न मन लाग्छ–हाम्रो देश आजका मितिसम्म ‘पशुपतिनाथको कृपा’ले सुरक्षित भएको हो कि यसो हुनुमा नेपाल सरकारले समय नघर्कदै चालेको कदम र नेपाली जनताको सचेतनाले रु कि जनताको स्वास्थ्यको सवालमा युरोप अमेरिकाको भन्दा हाम्रो नीति र व्यवस्थापन अगाडि छ ?
कोरोना आक्रमणको प्रतिरक्षामा नेपाल सरकारले चालेका अधिकांश निर्णय र पहलकदमी सही छन् भनौं भने ‘अर्को हनुमान जन्मेछ’ भन्ने आरोप आफूमाथि बर्सने भएपछि बोल्ने आँटै आउदैन । कोरोनाबाट बच्न सरकारले चालेका कदमको समर्थनमा सत्तारुढ नेकपाका दोश्रा अध्यक्ष प्रचण्डको भिडियो सन्देशमा लुकेका असन्तुष्टिका स्वर, नेकपाका केन्द्रिय सदस्य रामकुमार शर्माले प्रधानमन्त्री के पी शर्मा ओलीलाई राजिनामा गर्न दिएको ‘दवाव–पत्र’, सरकारका वर्तमान कदमप्रति सत्तारुढ दलकै केही केन्द्रिय सदस्यहरुको एकोहोरो आलोचना, सत्तारुढ नेकपानिकट मानिएका सञ्चार माध्यमको एकोहोरो सरकारमाथि प्रहार भइरहेका बखत सरकारका कदम राम्रै भए पनि किन रक्षा गर्नु ?
विख्यात संस्कृत साहित्यकार कालिदास भन्दछन्–
सत्यं ब्रूयात्प्रियं ब्रूयान्न ब्रूयात्सत्यमप्रियम् ।
प्रियं च नानृत ब्रूयादेष धर्मः सनातनम् ।।
अर्थात् सत्य बोल्नु, प्रिय बोल्नु, तर प्रिय बोल्ने नाममा झुट नबोल्नु, यही सनातन धर्म हो । विडम्वना नै भन्नुपर्छ, नेपालको राजनीतिमा सत्य बोल्दा प्रिय नलाग्ने र प्रिय बोल्दा सत्य डगमगाउने क्रम चल्दै आएको छ । प्रियता र सत्यताको यो लुकामारीले प्रधानमन्त्री, मन्त्री, नेता, पत्रकार सबैलाई समस्यामा पार्दै आएको छ ।
प्रसिद्ध फ्रान्सेली दार्शनिक फेडरिक नित्से भन्दछन्–“कहिलेकहीं मानिसहरु सत्य सुन्न चाहदैनन् किनभने तिनीहरु आफ्ना भ्रमहरु नाश भएको हेर्न चाहदैनन् ।” हामी पनि यही रोगबाट ग्रसित भएका छौ । सत्यको सामना गर्नभन्दा भ्रममा रमाउन मन पर्ने । भ्रमको भड्खालोमा परेको मरन्च्याँसे सत्य सतहमा आईपुग्दा भ्
प्रतिक्रिया दिनुहोस्