काठमाडौँ, २४ चैत । हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडीका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको साथै आज दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्