काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ ।
आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवाद लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्