Banner News

उच्चस्तरीय समितिको ८ वटा महत्वपूर्ण निर्णय : अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द



काठमाडौँ, २५ चैत । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।

१. कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते ९अप्रिल १५० सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।

२. बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड किट मार्फत परीक्षणलाई बढाउने । कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतिबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताइ । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने,

३. समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने,

४. आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने,

५. स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानून बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल,

६. स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्नेृ कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जिटुजी) मार्फत प्रत्यक्ष खरिद गर्ने प्रकृया अघि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल,

७. विदेशमा रहेका कुटनीतिक नियोगसँग समेत समन्वय गरेर सामान ल्याउने,

८. कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।