काठमाडौँ, २६ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९)ले आर्थिक, सामाजिक, भौतिकलगायतमा प्रत्यक्ष रुपमा असर परिरहेको समयमा नेपालमा भने त्यसको उचित व्यवस्थापन सहित समयको भरपुर प्रयोग गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी संहालेसँगै काठमाडौँलगायतका देशभरका सडकहरुको मुहार एक पछि अर्को गर्दै फेरिदै गएको छ । जसमा प्रत्यक्ष रुपमा सवैभन्दा बढी काठमाडौँ उपत्यकाका सडकहरु रहेका छन् ।

लकडाउनको समयमा काठमाडौँका सडकको क्षेत्रमा भएको उल्लेख्य प्रगतिले सडकको मात्र नभई वातारवरण प्रदुषणलाई पनि न्युनिकरण गर्दै स्वच्छता कायम गरेको छ । विदेशी पाहुना आउँदा मात्र सुन्दर देखिने सडकहरु अहिले कोही विदेशी पाहुन नआउँदै सुन्दरताले छाएको छ ।

कोरोना भाइरसको संक्रमणलाई विशेष ध्यान दिई सडकको मार्किङ तथा सडकलाई हराभरा बनाउने कार्यलाई भने लकडाउनमा समेत प्राथमिकतामा राहिएको छ । मन्त्री नेम्वाङले लकडाउनको समयमा भइरहेको कामहरुको एक पछि अर्को अनुगमन तथा निर्देशन दिँदै आवश्यक निर्माण कम्पनीलाई दिगो र प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ । लकडाउनको समयमा विशेष ख्याल गरी काम गर्न आग्रह गर्दै मन्त्रालयले गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याई नहुने समेत प्रतिवद्धता जनाउनुभएको छ ।

मन्त्री नेम्वाङसहितको आफ्नो टिम, सरकार तथा नीजि क्षेत्रका विज्ञहरुको समेत परामर्श तथा सहयोग तथा सहकार्यमा समृद्ध नेपाल सुखी नेपालीको महत्वपूर्ण अभियानलाई सार्थकताको विन्दुमा पुर्याउने एउटा महत्वपूर्ण कार्य भएको छ ।











प्रतिक्रिया दिनुहोस्