राजनीति

नेपाललाई ‘आवश्यक स्वास्थ्य सामग्री’बारे चीन सरकारले पठायो पत्र



काठमाडौँ, २९ चैत । नेपाली सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीको सूची अनुसारका सामग्री आफूसँग उपलब्ध रहेको र नेपाललाई दिन सकिने भन्दै चीनले पत्र पठाएको हो ।

दुई दिनअघि सेनाले परराष्ट्र मन्त्रालयमार्फत नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको सूचीसहित ५ देशमा पत्राचार गरेको थियो । ती देशमध्ये चीनले मात्रै सामग्री दिन सकिने बताएको हो । नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन तयार रहेको चीनले जनाएको छ ।

भारतले हालसम्म कुनै प्रतिक्रिया भने नदिएको बताइएको छ । दक्षिण कोरिया र इजरायलले तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने बताएका छन् । सेनालाई चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि आवश्यक तयारी गर्न सीसीएमसीले अनुमति दिएको छ ।