चितवन, ३० चैत । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
शनिबार सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको गोताखाेरसहितको टोलीले भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्क नजिकै नारायणी नदिबाट उनको शव बाहिर निकालेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्