एजेन्सी, ३० चैत । साउदी अरेबियाले अनिश्चितकालसम्मका लागि कर्फ्यु बढाउने निर्णय गरेको छ । अल जा जीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् ।
शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदा सम्म जारी रहने तथा मुलुकका १३ ओटै प्रान्तको आवतजावतमा भने रोक लगाइने बताएको छ । अहिलेसम्म कोरोना भाइरसको कारण साउदी अरेबियामा चार हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्