राजनीति

सभापति देउवाद्वारा नयाँ वर्षको शुभकामना



काठमाडौँ, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश तथा विदेशमा रहनु हुने आम नेपालीलाई नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना व्यक्त गर्दै सुख, स्वस्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको औल्याउँदै आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको उल्लेख गर्नुभयो ।

देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई सघाइरहेको बताउँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयमका साथ कार्य गर्न–गराउन सबैमा आग्रह गर्नुभएको छ ।