उदयपुर, २ बैशाख । उदयपुर बेलका नगरपालिका–५ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
आइतबार घर नजिकै जंगलमा घाँस काट्न भनी जामुनको रुखमा चढेका स्थानीय ७२ वर्षीय दल बहादुर राई अचानक रुखबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्