समाचार

एक किशोरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ



कैलाली, ३ बैशाख । कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् ।

गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकोर उक्त घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् । घटनामा संलग्नको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ । धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको प्रहरीले जनाएको छ ।