समाचार

नदीमा हामफालेर एकको मृत्यु



चितवन, ३ वैशाख । राप्ती नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ ।

घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् ।

नेपालीको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।