काठमाडौँ, ३ वैशाख । मलेसियामा तरकारी किन्न बाहिर निस्किएका चार जना नेपाली श्रमिक पक्राउ परेका छन् ।
मलेसियाको जोहरबारुमा मंगलबार साँझ ६ बजेतिर तरकारी किन्न बजार गएका नवलपरासीका गोविन्द चौधरी, मोरङका उमेशकुमार चौधरी, झापाका सुशील उराउ र कञ्चनपुरका रमेश राना प्रहरीले पक्राउ गरेको उनीहरुसँगै बस्ने अभिषेक कार्कीले बताएका छन ।
लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले उनीहरुले पक्राउ गरेको हो । तर सबैसँग पास भएको र एकैपटक धेरै जना निस्किएकाले प्रहरीले पक्राउ गरेको हुन सक्ने कार्कीको भनाई छ ।
कार्कीका अनुसार पक्राउपछि चारै जनाको मोबाइल स्विच अफ छ । त्यहाँको नियमअनुसार पासपोर्ट बुझाएर प्रतिव्यक्ति एकहजार मलेसियन रिंगिट तिरेपछि सबै छुट्न सक्ने भनेर कम्पनी म्यानेवरले आश्वासन दिएको पनि कार्कीले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्