काठमाडौँ, ४ वैशाख । नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेकोले आज बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्