काठमाडौँ, ४ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई चेक हस्तान्तरण गर्नुभयो । कोरोना कोषमा विभिन्न संघसंस्थाबाट अहिलेसम्म २ अर्ब भन्दा बढी रकम जम्मा भइसकेको छ । यो रकम सरकारले कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणमा प्रयोग गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्