काठमाडौँ, ४ वैशाख । काठमाडौँको त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गर्ने आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।
संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै वैशाख ३ गते अस्पतालमा काम गरेर घर फर्किने क्रममा कान्ति बाल अस्पतालनजिकै ओह्रालोमा प्रहरीले तीन जना चिकित्सकमाथि कुटपिट गरेको र कुटपिट गर्ने प्रहरीमाथि कानुनी कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकमीृ, तथा चिकित्सहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटनाउनेमाथि कानूनी कारबाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्य सेवा प्रवाहलाई गम्भीर असर गर्नेतर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्तिमार्फत आग्रह गर्दछ ।’










प्रतिक्रिया दिनुहोस्