एजेन्सी, ८ बैशाख । क्यानडामा प्रहरीको पोसाक लगाएका एक व्यक्तिद्वारा नोभा स्कोटिया प्रान्तमा अन्धाधुन्ध गोली चलाउँदा महिला पुलिस अधिकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको क्यानडाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।
१२ घण्टासम्म चलेको उक्त बितन्डा आक्रमणकारी कारमा फरार भएपछि समाप्त भएको थियो । आक्रमणकारीको पनि मृत्यु भएको बताएका छन् । यद्यपि, उनको मृत्यु कसरी भयो भन्नेबारे उल्लेख गरिएको छैन ।
नोभा स्कोटिया ग्रामीण शहरमा बन्दुकधारी शनिकार राती घुसेको भन्ने सूचना पाएपछि प्रहरीले त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको थियो ।
बन्दुकधारीले प्रहरीले प्रयोग गर्ने कारमा सवार भएर नोभा स्कोटियाका विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको बीबीसीले बताएको छ । तसर्थ मृतकको अन्तिम संख्या अझैसम्म प्राप्त नभएको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्