समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



दिपायल, ९ बैशाख । डोटीको सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार खेतमा गहुँ काटिरहेको बेला २२ वर्षीया उजली बयाडीको चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको मृत्यु भएको हो ।