धादिङ, ९ बैशाख । बिजुली सर्ट हुदा ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ ।
सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करिब आधा दर्जन गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताए ।
सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ । ‘हामी उद्दार र उपचारका लागि खटिएका छौं, त्यसपछि घटना किन भएको रहेछ, यसको कसले जिम्मेवारी लिने छानबिन गर्छौं । मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ । घाइतेहरुलाई भने अस्पताल पठाइसकिएको छ ।










प्रतिक्रिया दिनुहोस्