काठमाडौँ, ९ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ७० हजार नाघेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४२५ पुगेको छ । त्यस्तै र अहिलेसम्म संक्रमितको संख्या २४ लाख ८१ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ भने ७६ हजार जना नयाँ संक्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ६ लाख ४६ हजार ८०९ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १६ लाख ६४ हजार ८११ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५६ हजार ७६६ जनाको अवस्था भने गम्भीर रहेको छ ।
अहिलेसम्म अमेरिकामा ४२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १९ सय बढीको मृत्यु भएको छ भने २८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।
अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ७ लाख ९२ हजार ७५९ पुगेको छ । तीमध्ये ७२ हजार ३८९ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६ लाख ७७ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १३ हजार ९५१ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २४ हजार ११४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ८१ हजार २२८ कोरोनाको संक्रमित भएका छन् । साेमबार मात्रै इटालीमा साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४५४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४८ हजार ८७७ बढी पूर्णरूपमा निको भइसकेका छन् ।
स्पेनमा कोरोनाका कारण २० हजार ८५२ले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ३९९ जनाको मृत्यु भएकाे छ भने १५ सय बढी नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ८० हजार ५७८ जना पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ९८ हजार बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ४ हजार २४२ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की र इरान पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ५५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २० हजार २६५ पुगेको छ ।
अहिले जर्मनीमा ५० हजार ७०३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यस्तै अहिलेसम्म बेलायमा कोरोनाका कारणा १६ हजार ५०९ जनाको ज्यान गइसकेके छ । संक्रमितको संख्या भने १ लाख २४ हजार ७४३ पुगेको छ । यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या ९० हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ११० जनाकाे मृत्यु भएकाे छ ।
इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार २०९ पुगेकाे छ । चीनमा ७७ हजा १३३ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ७५८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्