समाचार

कालोबजारी गर्ने एक व्यापारी पक्राउ



बारा, ९ बैशाख । लकडाउनको अवधिमा युुरिया मलमा कालाबजारी गरेको अभियोगमा बारा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ ।

७ सय १० रुपैया प्रतिबोरा पर्ने युरियामल ११ सय ५० रुपैयामा बिक्री गरेको उजुरीको आधारमा सिम्रौनगढ नगरपालिका वडा ८ कचोेर्वाका रवीन्द्र यादवलाई एक २० बोरा युुरिया मलसहित प्रहरीले पक्राउ गरेको हो ।

बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसार पक्राउ परेका यादव र चालक रामाकान्त साह बिरुद्ध कालोबजारी ऐन अन्तरगतको मुद्धा दर्ताभई जिल्ला अदालत कलैयाबाट म्याद समेत थप भई कार्वाही प्रकृया अगाडि बढाइएको छ ।