Banner News

अध्यादेशबारे आशंका गर्नु पर्दैन : प्रधानमन्त्री ओली



काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे कुनै पनी बताएका छन

आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलिले हालै जारी दुई अध्यादेशबारे पनि सांसदहरुलाई अन्यौल र भ्रममा नरहन आग्रह गरेको छलफलमा सहभागी एक सांसदले जानकारी दिएका छन ।

प्रधानमन्त्री ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् ।

उक्त छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको उक्त  छलफलमा सहभागी सांसदले बताए ।

भारतसँगको सिमाना भने अहिले नखुल्ने र जो जहाँ छन् त्यहीँ रहनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।