काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा जानकारी दिएका हुन ।
दुई अध्यक्षबीच १ घण्टाभन्दा बढी समय छलफल भएको थियो । यसैबीच प्रधानमन्त्री ओलीले सांसदहरूसँगको छलफललाई स्थगित गरेका छन् ।
बुधबार उनले सुदूरपश्चिम प्रदेश,बागमती प्रदेश र प्रदेश १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्