राजनीति

डा. भट्टराई अनावश्यक फण्डाबाट चर्चा कमाउने नाइके हुन : सांसद बस्नेत



काठमाडौँ, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनावश्यक आरोप तथा प्रत्यारोप लगाई अनेक फण्डाबाट चर्चा कमाउने नाइके भएको बताउनुभएको छ ।

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराइले आफ्ना सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई सांसद महेश बस्नेतसहितको टोलीले अपहरण गरेर काठमाडौँ ल्याएको आरोप लगाएका थिए ।

सोही विषयमा आज हामीसँग कुराकानी गर्दै सांसद बस्नेतले डा. यादव काठमाडौँको मेरियट होटलमा रहेको व्यक्तिलाई अशोक राई आई अपहरण शैलमा लगी डा. भट्टराईले डा. यादव आफुसँग भएको फोटो प्रस्तुत गरेको उल्लेख गर्दै डा. यादवलाई विभिन्न प्रकारका दवापहरु दिईएको उल्लेख गर्नुभयो । सांसद बस्नेतले राजनीतिमा प्रोपोकाण्ड गर्न सिपालु डा. बाबुराम भट्टराईको साथमा नियोजित सड्यन्त्रका साथ कतिपय मिडियाले समेत गरेको स्पष्ट पार्नुभयो ।

बाबुरामको नकारात्मक कुरालाई कतिपय सामाजिक सञ्जाल तथा मिडियाले प्रोपोगाण्डा मच्चाएको आक्रोस व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘अपहरण बाबुराम भट्टराईले नै गर्नुभयो की ? भन्ने कुरा अशोक राईले डा. यादवलाई अपहरण शैलिमा लिएर गएको कुराले आंकलन गर्न सकिन्छ । डा. भट्राईले सामाजिक सञ्जाल तथा कतिपय मिडियामा मैले अपहरण गरेको भनि दिएको प्रतिक्रियाका आधारमा बाबुरामलाई साइवर क्राइमको मुद्धा चलाउनुपर्छ । अर्काको चरित्र हत्या गर्न डा. भट्टराईलाई कसले अघिकार दियो ?’

फण्डावाला नेतृत्वको तरिका सिकेर फण्डावाला मिडियामा नै आएको उल्लेख गर्दै उहाँले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा आफुल लगायतको टिम जनताको सेवामा समर्पित भएको उल्लेख गर्दै सोही क्रममा भक्तपुरको जगातीबाट कपतिय बाटोमा अलपत्र परेका मजदुरलाई घर पठाउने क्रममा साँगा तथा बनेपामा सवारी जाम भयो भन्ने गुनासो आएपछि उच्चस्तरीय समन्वय समितिसँग छलफल गरी जगातीबाट जाने सवारी साधनले बनेपासम्म जाम भएको भन्ने कुरा आएपछि त्यसको बारेमा विस्तृत विवरण लिन बनेपा गएको समयमा डा. यादवले आफ्नै घरमा बोलाउनुभएको जानकारी गराउनुभयो ।

डा. यादवको आग्रह अनुसार उहाँकै घरमा गई खानपान गर्ने क्रममा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालगायतले आफ्नो पार्टीभत्र व्यापक असन्तुष्टि रहेको जानकारी गराएको उल्लेख गर्दै सांसद बस्नेतले प्रमुख सचेतकद्वारा विगतमा सरकारमा नै काम गरेकाले प्रधानमन्त्रीको स्प्रीडसँग सहमत भएको र सोही अनुसार अघि बढ्न चासो व्यक्त गर्नुभएको जानकारी गराउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘हामी उहाँको घरमा गएर खाना खाएरसँगै आएका हौं । उहाँको श्रीमतीले अपहरण भन्नु भएको छैन, भिनाजु र पिएसओसँगै आएका छन् । यो विश्वदीप जीको फण्डा हो । आफूले गरे, आफ्ना भए मजुर, अरूले गरे सुंगुर । सुरेन्द्र यादव मेरा मित्र हुनुहुन्छ । म, सांसद् किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनाल उहाँको घर पुगेका हौं । उहाँले पारिवारिक आतिथ्यमा खाना खुवाउनुभयो । हामी सँगै काठमाडौं आएका पनि हौं ।’

प्रधानमन्त्री केपी ओलीको सचिवालयमा सम्पर्क गरी डा. सुरेन्द्र यादवसँग सरसल्लाह गर्न सुझाव दिनुभएको र सोही अनुसार डा. यादवको घरमा पुगेको जानकारी गराउँदै सांसद बस्नेतले समाजवादीका नेता वर्दिवासका डा. सूर्यनारायण यादवको घरमा पनि गई सोही विषयमा छलफल गरिएको समेत जानकारी गराउनुभयो । प्रधानमन्त्रीको सल्लाह अनुसार नै सांसद किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालासहित डा. यादवको घरमा गएको उहाँले स्पष्ट पार्नुभयो ।

राजनीतिक छलफलको क्रममा डा. यादवले विभिन्न व्यक्तिसँगको छलफल पछि आ–आफ्नो गाडीमा काठमाडौँ आएको उल्लेख गर्दै सांसद बस्नेतले डा. यादवकै रोजाईमा मेरियट होटलमा बस्नुभएको र उहाँ सहितका ५/७ जना सांसदहरुसँग विहान वा वेलुका कुनै समय मिलाएर प्रधानमन्त्रीसँग भेटघाट गर्ने विषयमा सहमत भएको जानकारी गराउनुभयो । सोही क्रममा समाजवादीका नेता अशोक राईले डा. यादवलाई अपहरणको शैलिमा डा. बाबुरामको घरमा लगि आफुसँगै भएको फोटोहरु सार्वजनिक गर्नुभएको सांसद बस्नेतले उल्लेख गर्नुभयो ।

डा. यादलसहितको असन्तुष्ट पक्षसँगको भेटघाट तथा छलफलको क्रममा राजपा र समाजवादी पार्टीमा ठूलो मतभेद रहेको उल्लेख गर्दै सांसद बस्नेतले राजपा र समाजवादीको एकिकरणसँगै अझै ठूलो समुह टुक्रिएर जान सक्ने समेत संकेत गर्नुभयो ।