कैलाली, १२ वैशाख । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् ।
गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीले भने उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्