समाचार

आजको मौसम



काठमाडौँ, १३ वैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको  साथै पूर्वी र मध्य भू–भागको केही स्थानहरुमा वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने  पश्चिमी भू–भागका केही  स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा  मेघगर्जन, चट्याङ्ग  र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राति  पश्चिमी पहाडी भू–भाग, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ  ।