एजेन्सी, १३ बैशाख । भारतमा कोरोना भाइरसबाट शुक्रबार एकै दिन ५९ जनाको मृत्यु भएको छ ।
वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार भारतमा हालसम्म काेराेना संक्रमणका कारण ७८० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ काेराेना संक्रमितकाे संख्या पनि २४ हजार ४४७ पुगेकाे छ ।
शुक्रबार एकै दिन भारतमा १ हजार ४०८ नयाँ संक्रमित फेला परेका छन् । साथै ५ हजार ४९६ जना भने पूर्ण रूपमा निकाे पनि भइसकेका छन् । बाँकी १८ हजार १७१ जना संक्रमित हाल उपचाररत छन् ।










प्रतिक्रिया दिनुहोस्