समाचार

आजको मौसम



काठमाडौँ, १४ वैशाख । बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति  देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।