काठमाडौँ, १४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कुवेतमा रहेका गैरकानुनी नेपालीलाई फिर्ता ल्याउन माग गरेको छ ।
काँग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई एक विज्ञिप्त जारी गरि कुवेतमा गैरकानुनी रुपमा बस्र्दै आएको करिव ४ हजार नेपाली कामदारलाई ल्याउन माग गरेका हुन् ।
विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘कुवेत सरकारले त्यहाँ रहेका करिव ४ हजार गैरकानुनी रुपमा बस्र्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता हुनचाहेमाआफ्नै खर्चमा नेपालसम्म पु-याउने निर्णय गरेको छ । कुवेत सरकारको गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आफ्नै खर्चमा सम्वन्धित देशसम्म पु-याउने नयाँनीतिअनुसार यसअघि गैरकानुनी रुपमा बसेकालाई कानुनअनुसारको दण्ड सजाँयमिनाह गरेर एकमुष्ट आम माफी दिएर सम्वन्धित देशमाफिर्ता गर्ने निर्णय गरेको छ ।’










प्रतिक्रिया दिनुहोस्