काठमाडौँ, १६ वैशाख । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलिया जाने भएको छ ।
नेपालमा रहेका आफ्ना नागरिक लिनका लागि काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने भएको हो ।
दुतावासले मे ६ मा जहाज काठमाडौंबाट जाने भएकाले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ । यसअघि अप्रिल १ मा पनि नेपाल एयरलाइन्सकै जहाज चार्टर गरेर अष्ट्रेलियाले आफ्ना नागरिक फिर्ता लिएको थियो ।
नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई फिर्ता लिन लागिएको दुतावासले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्