राजनीति

म हस्ताक्षर अभियानको विपक्षमा छु : नेता रायमाझी



काठमाडौँ, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी सदस्य समिति टोपबहादुर रायमाझीले पूर्वमाओवादी पक्षधरहरुले पार्टीभित्र चलाएको हस्ताक्षर अभियान गलत भएको बताउँदै पार्टी एकतालाई कमजोर पार्न हस्ताक्षर अभियान भएको उल्लेख गर्नुभएको छ ।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद बढ्दै गएपछि पूर्वमाओवादी पक्षधरले हस्ताक्षर अभियान चलाएपछि रायमाझीले उक्त असहमति व्यक्त गर्नुभएको हो ।

आफू सधैँ पार्टी एकताबद्व रुपमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेको उनले उल्लेख गर्दै नेता रायमाझीले अहिलेको पार्टी एकता खलल पुग्ने गरी हस्ताक्षर अभियान चलाउनु उचित नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा ओली सरकारविरुद्ध हस्ताक्षर अभियान सुरु भएपछि रायमाझी विरोधमा उत्रनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले पार्टी एकतालाई कमजोर पार्न हस्ताक्षर अभियान चलाउने बेला हो, म हस्ताक्षर अभियानको विपक्षमा छु । यस्तो महामारीको बेला पार्टी विभाजन गर्ने खेल खेल्दा गलत सन्देश जान्छ ।’