राजनीति

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता



काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री ओलीलाई वालुवाटारमा भेटेर सभामुख सापकोटाले सभामुख सापकोटाले वर्षे अधिवेशन (बजेट अधिवेशन) बोलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

बजेट अगाडि आउनुपर्ने नीति तथा कार्यक्रम, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा समेत सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो।

संसदमा नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि छलफल गरिन्छ । तर समय कम रहेकाले यी सबै प्रक्रियालाई ख्याल गरेर जतिसक्दो छिटो संसद अधिवेशन आह्वान गर्नुपर्ने दबाव सरकारलाई छ ।