Banner News

बदर अध्यादेशको मुद्दा बनाएर प्रमको राजीनामा माग्नु बेठीक : अगुवा नागरिक



काठमाडौँ, १८ वैशाख । नेपालका दश अगुवा नागरिकका तर्फबाट आज एक अपिल जारी गरी मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न आग्रह गर्नु भएको छ ।

बक्तव्य जारी गर्नेमा चिकित्सक अर्जुन कार्की , संविधानविद विपिन अधिकारी, पत्रकार कनकमणि दीक्षत लगातका हुनुहुन्छ । वक्तब्यमा बदर गरिसकिएका अध्यादेशलाई विवादको मुद्दा बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा उत्तिकै अप्रासंगिक विषय भएको उल्लेख छ ।

साथै वक्तव्यमा अगाडि भनिएको छ, संसद्को बजेट अधिवेशन सन्निकट रहेको बेला आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रमहरु ल्याउनेतर्फ हुनुपर्छ । यसबेला सरकार बदल्ने सम्मको कार्यले राजनीतिक स्थिरता मात्र बिथोल्दैन, संसदमा उपस्थित राजनीतिक दलको प्राथमिकता केवल सत्ताको जोडघटाउ मात्र रहेको गलत सन्देश प्रवाहित भई हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीप्रति नै वितृष्णा बढाउँछ । याे खबर गाेरखापत्र दैनिकमा छ ।