समाचार

आजको मौसम



काठमाडौँ, २० वैशाख । हाल देशमा स्थानीय वायु तथा पूर्वी  भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका हाल देशको मध्य र पूर्वी भू(भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ ।

यस्तै, शनिबार दिउँसो देशको मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहनेछ।  देशका पहाडी भूभागका केहि  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।