काठमाडौँ, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकले पार्टीलाई एकतावद्ध बनाई समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई एक ढिक्का भई अघि बढ्ने प्रण गरेका छन् । सचिवालयको बैठकले पाँच वटा निर्णयहरु गरेको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सरकारका कामकारवाहीका बारेमा प्रधानमन्त्रीद्धारा आत्मआलोचना, पार्टीका गतिबिधिबारेमा प्रचण्डलगायतद्धारा आत्माआलोचना तथा अन्य सदस्यहरुले समेत आत्मआलोचना गरेको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
१. २४ गते सचिवालय बैठक बस्ने,
२. २५ गते स्थायी कमिटीको बैठक बस्ने,
३. बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने प्रकृया अघि बढाउने, उपयुक्त समयमा प्रधानमन्त्री बनाइने,
४. पार्टी र सरकारबीच समन्वयात्मक रुपमा अघि बढ्ने,
५. गुट र उपगुट बन्द गर्ने ।
प्रतिक्रिया दिनुहोस्