समाचार

आजको मौसम



काठमाडौँ, २१ वैशाख । हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी  भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ । महाशाखाको अनुसार हालको देशको मौसमको अवस्था पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक वदली भइरहेको छ । यस्तै, आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति भने  देशको अधिकांश भू–भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र  पूर्वी भू–भागका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।