काठमाडौँ, २१ वैशाख । प्रदेश–५ का मुख्यमन्त्री एंव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य शंकर पोखरेलले पछिल्लो समय नेकपाभित्र देखिएको विवादलाई लिएर चिन्ता भईरहेका बेला सचिवालयको निर्णयबाट समग्र पार्टीको जित भएको उल्लेख गर्दै गलत प्रवृक्तिको हार भएको बताउनु भएको छ ।
नेकपाभित्रको विवाद मिलाउन सक्रिय भूमिका खेल्नु भएका पोखरेलले सचिवालयको निर्णय कसैको जीत वा कसैको हारका रुपमा भने नलिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजोको सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो । सबैलाई बधाई । यात्रा जारी छ‘।’










प्रतिक्रिया दिनुहोस्