Banner News

भारतबाट नेपाली ल्याउने होइन, सीमा क्षेत्रमा अझ बढी कडाई गर्नुपर्छ : प्रम ओली



काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिँदै भारतबाट नेपाली ल्याउँदा कोरोनाको संक्रमण अझ बढी भित्र्न सक्ने भएकाले सीमा क्षेत्रमा अझ बढी कडाई गर्नुपर्ने बताउनुभएको छ ।

भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले त्यहाँको अवस्था गम्भीर नभएको भन्दै लोकप्रिय कुरा गरेर नहुने बताउनुभयो । १२ सय मान्छे ल्याउने निर्णय गर्दा २ हजार आउने भन्दै उहाँले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताउनुभयो ।

सिमानामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको भन्दै प्रधानमन्त्री ओलीले अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने बताउनुभयो ।