काठमाडौँ, २२ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमणको महामारी सुरु भएयता यसविरुद्ध लड्न मात्र ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर भएको छ ।
रक्षा मन्त्रालयका लागि २ अर्ब ३४ करोड र स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ रकमान्तर गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन । ५० करोड रुपैयाँ भने सरकारले कोरोना रोकथामका लागि स्थापना गरेको कोसमा जम्मा गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।
साथै अर्थ समितिमा सोमबार आयोजित बैठकमा मन्त्री भट्टराईले अहिले कोरोना संक्रमणको रोकथामलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए ।
कोरोनाका कारण राजश्वमा चाप परेको भन्दै भन्दै उनले यसबाट खर्चमा समेत प्रभाव पारेको जानकारी दिए । उनले भने, ‘शिथिल बनेको अर्थतन्त्रलाई उकास्ने गरी आगामी आर्थिक वर्षको बजेट बन्छ ।’










प्रतिक्रिया दिनुहोस्