काठमाडौँ, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ ।
७० बर्षका रायमाझीको उपचारका क्रममा सोमबार काठमाडौँमा उनको निधन भएको हो । रायमाझीको निधनप्रति प्रधानमन्त्री ओलीले गहिरो दु:ख व्यक्त गरेका छन् । उनले एक शोक वक्तव्य जारी गर्दै कम्युनिस्ट पार्टीका निष्ठावान कार्यकर्ता रायमाझीप्रति श्रद्धासुमन अपर्ण गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्