Banner News

बुद्धका उपदेश र मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी



काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विश्वभरका बौद्धमार्गी, स्वदेश तथा विदेशमा रहनु भएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावहरू’मा शुभकामना व्यक्त गर्नुभएको छ ।