समाचार

गौशलामा एम्बुलेन्स दुर्घटना



काठमाडौँ, २५ वैशाख । मादक पदार्थ (मापसे) गरेर एम्बुलेन्स चलाउँदा गौशलामा दुर्घटना भएको छ ।

बिहीबार दिउँसो बा८६ ६९२८ नम्बरको एम्बुलेन्सले बा १० च ८५१३ नम्बरको ग्राण्डी अस्पतालको कारलाई ठक्कर दिएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनापछि चेकजाँचका क्रममा एम्बुलेन्स चालक मोरङ, पथरीका ३६ वर्षीय रामबहादुर चौधरीले मापसे गरेर सवारी चलाएको पाइएको छ । साथै उनीसँग सवारी चालक अनुमति पत्र समेत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । दुवै सवारी र चालक गौशाला प्रहरीको नियन्त्रणमा छन् ।