समाचार

५० रुपैयाँ दिएर किशोरी बलात्कार



कैलाली, २७ बैशाख । कञ्चनपुरमा १५ वर्षकी किशोरी बलात्कारको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशीले किशोरीलाई ५० रुपैयाँ दिई   बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ ।

वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ । पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । यो घटना वैशाख २ गतेको रहेको र प्रहरीसमक्ष पुगेको हो ।