काठमाडौँ, ३० वैशाख । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अन्तर्राष्ट्रिय नर्स दिवस २०२० को शुभकामना व्यक्त गर्नुभएको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि अग्र भागमा रही आफ्नो ज्यानलाई समेत जोखिममा राखेर देश र जनतापूर्ण रुपमा बफदार भई निर्भिक रुपमा काम गर्ने नर्सहरु प्रति उहाँले उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘दोश्रोको जीवनका लागि आफ्नो स्वास्थ्य दाउमा राखेरै अनवरत सेवामा लागिरहनुभएका आदरणीय नर्स महानुभावहरुलाई ‘अन्तर्राष्ट्रिय नर्स दिवस-२०२०’ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
तपाईहरुको सहयोगले मात्रै हामीले कोभिड १९ लगायतका रोगहरुलाई परास्त गर्न सक्छौं, र ‘समृद्ध नेपाल सुखी नेपालीुको गन्तव्यमा पुग्न सक्छौं ।’
अरुको स्वास्थ्यको ख्याल गर्ने तपाई नर्स महानुभावहरुको सु-स्वास्थ्य, प्रगति, शान्ति र सुखको कामना !’










प्रतिक्रिया दिनुहोस्