राजनीति

आज नेकपा स्थायी समिति बैठक बस्दै



काठमाडौँ, ३१ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा मात्र राखिएको छ । महासचिव विष्णु पौडेलले पनि दुई एजेण्डामा छलफल गरेर बैठक आज नै सक्ने र २० नेताले उठाएका विषयमा पार्टीमा सहमति जुटाएर फेरि बैठक राख्ने जानकारी दिनुभयो ।