समाचार

थप एक जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१९ पुग्यो



काठमाडौँ, ३१ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को संक्रमित पुष्टि हुनेको संख्या २१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्ज–८ का ३६ बर्षिय पुरुषमा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।