Banner News

कोरोनाको सूचनाबारे स्वास्थ्य मन्त्रालयले सच्यायो आफ्नो गल्ती (सूचनासहित)



काठमाडौँ, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमणको सूचनाबारे प्रकाशित सूचना गल्ती भएको बताएको छ ।

आज विहान नेपालमा पुनः पाँच जना कोरोना संक्रमण पुष्टि भएको र सो सहित दुई सय ५० पुगेको भनि सूचना प्रकाशित गरेको थियो । तर उक्त पाँच जना पुरानै भएकाले हासम्म संक्रमतिको संख्या दुई सय ४५ नै रहेको भनि आफ्नो गल्ती सच्याएको छ ।