राजनीति

इन्चार्ज वस्नेतद्वारा राष्ट्रिय युवा संघको स्थापना दिवसको शुभकामना



काठमाडौँ, १ जेठ । सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संघको स्थापना दिवसको अवसमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका युवा विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

२०४७ साल जेठ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्थापना भएको युवा संघले युवाहरुको उज्वल भाग्य र भविष्य आधार तयार गरी मुलुकको राष्ट्र र राष्ट्रिय स्वाधिनताको कार्यभार, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमताको निमित्त स्थापनाकालदेखि नै लडाइको जुनसुकै मोर्चामा सधैभरि आफ्नो अस्थीत्वलाई अग्रभागमा गर्भिलो उपलब्धि सहित कृयाशील हुँदै आएको मुलुककै सबै भन्दा ठूलो युवा शक्तिराष्ट्रिय युवा संघ नेपाल रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘राष्ट्रियताको पहरेदार, लोकतान्त्रिक गणतन्त्रको योद्धा, युवा आन्दोलनको नेता, जनजिबिकाको भरपर्दो आवाज, सामाजिक न्यायका लागि अनवरत संघर्षरत र सामाजिक बिकृती-बिसंगतिका बिरुद्धको अग्रणी दस्ता नेपाली युवा आन्दोलनको मुल प्रवाहको रुपमा युवा संघ हो । उहाँले भन्नुभएको छ, ‘महान शहिदहरु प्रती पुन: श्रद्धाञ्जली ब्यक्त गर्दै आन्दोलनका क्रममा विभिन्न समयमा घाइते हुनुभएका अग्रज एवं सहयोद्धाहरु प्रती उच्च सम्मान प्रकट गर्दै यो उचाईमा आन्दोलनलाई पुर्याएर हामीलाई जिम्मेवारी सुम्पिनुहुने अग्रजहरु प्रती कृतज्ञता प्रकट गर्दै राष्ट्रिय युवा संघको स्थापना दिवसको शुभ उपलक्षमा सम्पूर्ण प्रगतिशील देशभक्त र जनवादी युवा तथा विद्यार्थीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’

लोकतान्त्रीक आन्दोलनको नेतृत्व गर्दै नेपालको परिवर्तनमा मुख्य भूमिका निर्वाह गरी आम नेपाली जनताको सारथीको रुपमा स्थापीत हुन सफल भएको संघले मानविय संकटको समाधान तथा जहाँ समस्या त्यही युवा संघको उपस्थितीले नेपाली जनताको सवैभन्दा ठूलो तथा शक्तिशाली संगठनको रुपमा स्थापीत हुन सफल भएको उल्लेख गर्नुभएको छ । जब जब राष्ट्रिय संकट पैदा हुन्छ, तव तव युवा संघले खेलेको भूमिका तथा विपद् तथा संकटको घडिमा जनताको दुखेको घाउमा मलहम लगाउने कार्यमा सवै संघले खेलेको भूमिका अतुलनिय रहेको बताउँदै आगामी दिनमा समेत संघले नेपाली जनताको मनमुटुको संगठनको रुपमा रही काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभडि–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले खेलेको भूमिका अत्यन्तै प्रभावकारी रहेको उल्लेख गर्दै उहाँले सरकारले घोषणा गरेको लकडाउनलाई पालना गरी मानविय क्षती हुनबाट बच्न सवैलाई आग्रह गर्नुभएको छ । त्यस्तै मुलुकलाई परेको यो संकटलाई समाधान गर्न सम्पूर्ण युवाहरु एक ढिक्का भई लकडाउनलाई पूर्ण रुपमा पालना गराउन तथा समस्यामा परेकालाई राहत तथा उद्धारमा निरन्तर खट्न समेत सम्पूर्ण युवा तथा विद्यार्थीहरुलाई अपिल समेत गर्नुभएको छ ।

त्यस्तै कोरोनाको कहरसँगै मुलुकमा रोजगारीको सिजर्ना गर्नुपर्ने ठूलो चुनौति रहेको उल्लेख गर्दै उहाँले युवाहरुमा सिर्जनशिलता, लगनशिलता तथा प्रभावकारिता हुन जरुरी रहेको औल्याउनुभएको छ । यो विषम् परिस्थितीमा युवाहरुले गाउँ गाउँमा रोजगारीमूलक कार्यहरुको थालनी गरी आत्मनिर्भरताको साथमा उत्पादनमूलक कार्यमा अनिवार्य जोडिनुपर्नेमा जोड दिनुभएको छ । विदेशमा सिकेका सिपलाई स्वदेशमा प्रयोग गरी आधुनीक प्रविधिको प्रयोग गरी कृषि, उद्योग, पर्यटन, साना तथा मझौला उद्योगलगायतका कार्यहरुमा व्यापक मात्रामा विकास र विस्तार गर्नु आजको आवश्यकता रहेको औल्याउनुभएको छ ।